घुससहित पक्राउ परेका शुद्धोधनका प्रमुख प्रशासकीय अधिकृतलाई ३ महिना कैद सजाय

काठमाण्डु – रुपन्देहीको शुद्धोधन गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आज शुक्रबार अदालतले उनलाई ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । अदालतका सदस्यत्रय खुसीप्रसाद थारु, तेजनारायण सिंह र मुरारीबाबु श्रेष्ठको इजलासले सजाय सुनाएको हो । प्रमुख प्रशासकीय अधिकृत मरासिनीका…