सुन प्रकरणमा विमानस्थल भन्सारका अधिकृत र नायब सुब्बा पक्राउ

काठमाण्डु – बहुचर्चित ६१ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृत र नायब सुब्बा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपाली रहेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले बताए ।…