प्रहरी र सेनाको पोशाक दुरुपयोग गर्ने गोविन्द: वाकीटकीको सहायताले व्यवसायीलाई यसरी छक्याउथे

काठमाण्डु – एक व्यक्तिले विगत दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै आए, तर कसैले पत्तो पाउन सकेनन् । उसले प्रहरीले बोक्ने जस्तै सञ्चार सेट (वाकीटकी) र सुरक्षा निकायको पोशाकसमेत प्रयोग गर्दै काठमाण्डु उपत्यकामा व्यवसायीलाई प्रभाव पार्दै कतिपयबाट रकम समेत लिएको जनाइएको छ । अन्तत दुई वर्ष पछि आज महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेपछि…