काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार फुटबलको फाइनल खेल हेर्न पुगेका समर्थकमाथि प्रहरीले लाठी बर्साएको छ । फुटबलको फाइनलमा नेपाल र भुटानबीचको खेल हुँदैछ । इसेवा मार्फत टिकट विक्री खुला गरिएको २ घण्टामै ९ हजार टिकट बिक्री भएका थिए । टिकट नपाएका समर्थकहरुले दशरथ रंगशालाको गेट बाहिर नारावाजी गरेका छन् ।…