काठमाडौं – प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१२ टेकुका ३२ वर्षीय सागर च्यामेलाई अवैध लागूऔषध फेनारागन १ एम्पुल, नोर्फिन १ एम्पुल र डाइजेपाम १ एम्पुलसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले कुलेश्वर चुनीपाखामा खटीएको प्रहरी टोलीलाई १ हजार ५० रुपैँया दिई आर्थिक प्रलोभनमा पार्न खोजेका…