जब तामाङले प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जालमा तथानाम गाली गरे…

काठमाडौं – काठमाडौं महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीबारे तल्लोस्तरमा लेख्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले नेपाली खबर अनलाइनमा प्रकाशित समाचारमा तथानाम ‘कमेन्ट’ गर्ने सिन्धुपाल्चोकका ३४ वर्षीय लालबहादुर तामाङलाई हिजो बानेश्वरबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले सामाजिक सञ्जालको दुरुपयोग गरी त्रास फैलाउने कार्यमा…