पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नौ जनाको सामुहिक हत्यामा संलग्नताको शंका गरिएका मनबहादुर माखिम झुण्डिएको स्थान नजिकै रगतमा लतपतिएको खुकुरी, लुगा र झोला भेटिएको छ । माखिम रुखमा पासो लगाई झुण्डिएर मृत फेला परेको स्थान आसपास खोजतलास गर्दा उक्त सामान फेला परेको प्रहरीले जनाएको छ । झुण्डिएको स्थानदेखि केही टाढा खुकुरी र कपडा पोको पारेर…