कञ्चनपुर - भिमदत्तनगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने बास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै महेन्द्रनगरमा (बुधबार) पनि नागरिकहरुले आन्दोलन चर्काएका छन् । बुधबार बिहानैबाट प्रदर्शनमा उत्रिएका स्थानीयले महेन्द्रनगरमा टेलिकम कार्यालय नजिकै रहेको प्रहरी बिट जलाइदिएका छन् भने प्रहरीको बा १ झ ७३६५ नं को गाडी तोडफोड गरेका छन्। प्रहरीले वास्तविक अपराधी…