यूके पठाइदिन्छु भनी ३२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर यूके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई काठमाण्डुको तार्केश्वर नगरपालिका–५ बस्ने ५३ वर्षीय दिनेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । अधिकारीले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख ५७ हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने…