सहकारी ठगी प्रमाणबारे सूर्य थापा र रवि लामिछानेबीच आरोप-प्रत्यारोप

काठमाण्डु– सहकारी ठगी आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतमा प्रमाणबारे आरोप लगाएपछि एमाले सांसद सूर्य थापाले त्यसको जवाफ फर्काएका छन् । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिका सभापति रहेका थापाले तथ्य, तर्क र आधार नभएपछि…