तीनकुने घटना : आगजनी र तोडफोडमा संलग्न थप १८ जना पक्राउ

काठमाण्डु- तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोड, राज्यविरुद्धको कसूर र आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न थप १८ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। गत शुक्रबार तीनकुने क्षेत्रमा नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्ण प्रदर्शनको पूर्वअनुमति लिएर आयोजित कार्यक्रममा आयोजकहरूले नै प्रदर्शनकारीहरूलाई उत्तेजित बनाएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रदर्शनकारीहरूले संघीय संसद् भवन…