अवैध लागूऔषधसहित ३ जना पक्राउ

काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करीब १८ किलो ५०० ग्रामसहित भारतको वेतिया थानामझौलीया–९ कचहरिटोला बस्ने ३० वर्षीय मुसाहेव आलमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बीआर ०५ पीबी…