सुनसरीमा ३१३ किलो गाँजासहित १ जना पक्राउ

सुनसरी – जिल्लाको धरान उपमहानगरपालिका–८ स्थिमा बुढासुब्बा वर्कसपबाट अवैध लागूऔषध गाँजा ३१३ किलोसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । स्थानीय वर्कसपमा काम गर्ने धरान उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय आशिष कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले वर्कसपको कम्पाउण्डभित्र शंकास्पद…