काठमाण्डु – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख (मेयर) अजय प्रकाशसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष २०७८/०७९ मा टायल्सको काममा कमसल कार्य गरी अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनीहरूले १२ लाख…