काठमाण्डु – कागेश्वरी मनोहरा नगरपालिका–५ थली सिङखडागाउँ बस्ने देशमाया लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको थकनी घर भई काठमाण्डुको गोकर्णेश्वलर नगरपालिका–५ थली बस्ने ४० वर्षीया सावित्री तामाङ समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३ लाख ८००…