धनगढी – बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको सुप प्र ०१००१ झ ०५४२ नम्बरको एम्बुलेन्समा चरेश ढुवानी भएको पाइएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–४ पुरानो यातायात कार्यालय नजिकमा पुगेको एम्बुलेन्सबाट २ किलो ८०० ग्राम लागूऔषध (चरेश) सहित प्रहरीले बझाङको केदारस्युँ गाउँपालिका–३ दाप्रु बस्ने ३७ वर्षीय रामबहादुर खातीलाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय…