काठमाण्डु– राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई पौने १६ करोड रुपैयाँ भ्रष्टाचार प्रकरणमा विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार पौडेलको बयान र थुनछेक बहसपछि यस्तो आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…