काठमाण्डु – काठमाण्डु महानगरपालिका–२७ ज्याठा चोकबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् । भारतको मोतीहारी घर भई हाल ललितपुरको सानेपा बस्ने ४० वर्षीय रूपेश गुप्तालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बा९१प ९९५८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र रहेको ब्यागमा नगद फेला पारी स्कुटर चालक गुप्तालाई पक्राउ…