काठमाण्डु – नेपाल शिक्षक महासंघले गरिरहेको आन्दोलनमा ढुंगा प्रहार गर्ने व्यक्तिलाई शिक्षकहरूले नै नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । बिहीवार नयाँ बानेश्वर चोकमा भएको शिक्षकको शान्तिपूर्ण आन्दोलनलाई बिथोल्न खोजेको भन्दै शिक्षकहरूले जिम्मा लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीको जिम्मा लगाइएका व्यक्तिको पहिचान खुलेको छैन । शिक्षकहरूले आन्दोलन बाहिरको व्यक्ति आन्दोलनमा घुसेर अराजक…