काठमाण्डु – सेवाग्रहीको सुन समातेर पैसा र चेक लिएपछि मात्रै फिर्ता दिन खोज्ने ईलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रहरी महानिरीक्षकको सचिवालयको टोलीले केसीलाई कार्यालयमै सुन, नगद र चेकसहित नियन्त्रणमा लिएपछि उनी विवादमा परेका थिए…