माल्टा पठाइदिने प्रलोभनमा पारेर ९ लाख ठगी गर्ने १ जना पक्राउ

काठमाण्डु – माल्टा पठाइदिने प्रलोभनमा पारेर ९ लाख ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले खोटाङको खोटेहाङ गाउँपालिका–७ घर भई ललितपुरको सातदोबाटो बस्ने ५५ वर्षीय विरेन्द्र उदासलाई पक्राउ गरेको हो । सबिता गुरुङलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने प्रलोभनमा पारेर ९ लाख रुपैयाँ लिएर…