काठमाण्डु - प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने बहानामा लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रसुवा घर भई काठमाडौँको वसुन्धारा बस्ने होमबहादुर तामाङ, माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने धुलिखेलका अञ्जन सिग्देल र सिङ्गापुर पठाइदिन्छु भनी…