काठमाण्डु – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सौर्य एयरलाइन्सका कर्मचारी ५० लाख नगदसहित पक्राउ परेका छन् । विमानस्थलको आन्तरिकतर्फको टर्मिनलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित सौर्य एयरलाइन्स काठमाण्डुमा असिसटेन्टका रुपमा कार्यरत रेखा शाक्य पोखरेल पक्राउ परेकी हुन् । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा एसएसपी सुरेन्द्रप्रसाद मैनालीका अनुसार अवैध रकम आउँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा सादा पोसाकमा…