काठमाण्डु – नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ परेको छ । अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई ४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अमिन ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने…