पसलबाट जीवन गुजार्दै आएका चन्द्र योञ्जनको कारुणीक हत्याः जग्गा हेर्ने भन्दै खेतमा लगेर कुटीकुटी मारे

काठमाण्डु – महानगरीय अपराध महाशाखा काठमाण्डुले जग्गा हेर्ने बहानामा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ लेखर्क घर भई काठमाण्डुको थली बस्ने ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोककै चौतारा बतासे नगरपालिका–२ हाल कामपा–७ बौद्ध बस्ने…