सुनसरी - बराहक्षेत्र नगरपालिका-३ बाङे घर भई झापा दमक बस्ने ३७ वर्षीय कमल राईको हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र नगरपालिका-३ ईक्राही बस्ने गणेश लिम्बु र प्रदीप राजधामी रहेका छन् । बराहक्षेत्र नगरपालिका-३ ईक्राही जमुनाकित्तास्थित प्लटिङ जग्गाको बाटोमा शुक्रबार बिहान कमल राई मृत अवस्थामा फेला परेका थिए…