भरतपुर - भरतपुर महानगरपालिका–१४ का राजकुमार गुरुङको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सोमबार कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ । भरतपुर महानगरपालिका–१० मैयादेवी कन्याकलेज नजिकको झाडीमा गत असार २३ गते ४१ वर्षीय गुरुङको शव भेटिएका थियो । पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–४ घर भई भरतपुर महानगरपालिका–१० बस्ने ३४ वर्षीय कमल गन्धर्व, रौतहटको गजुरा…