७० करोड घुस प्रकरणः ७ दिनभित्र अख्तियारमा हाजिर हुन मिश्रलाई निर्देशन

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र आयोगमा उपस्थित हुन निर्देशन दिएको छ । आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनबारे आवश्यक सोधपुछका लागि बोलाएको हो । अख्तियारले मिश्रलाई आयोगको अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न निर्देशन दिएको छ । त्यस्तै समयभित्र उपस्थित नभए कानून बमोजिम…