कैलाली - कैलालीको लम्कीमा ठेलामा लागुऔषधको कारोवार गर्ने महिला ब्राउन सुगर र चरेससहित पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय लम्कीले बिहिबार लम्की चुहा नगरपालिका–१ लम्कीमा ठेला व्यवसाय गर्दै आएका ६८ वर्षीया जनादेवी शाहीको ठेलाबाट १९ पोका ब्राउन सुगर र ३०० ग्राम चरेससहित पक्राउ गरेको हो । शाहीले ठेलाको डब्बामा राखी कारोवार गर्ने गरेको प्रहरीले…