अब उपत्यका अपराध अनुसन्धान कार्यालयमा तीन र काठमाडौँ परिसरमा दुई एसपी

काठमाण्डु – उपत्यका अपराध अनुसन्धान कार्यालयमा तीन र जिल्ला प्रहरी परिसर काठमाडौँमा दुई प्रहरी उपरीक्षक (एसपी) राख्ने निर्णय भएको छ । प्रहरी प्रधान कार्यालयले परिसर र कार्यालयमा थप एसपी खटाउने निर्णय गर्दै नयाँ बढुवा भएका एसपीलाई खटाएको हो । पहिला काठमाण्डौँ परिसरमा एक र कार्यालयमा दुई एसपी थिए । आइतबार बेलुका परिसरमा थप एक र…