झापामा कार र मालवाहक ट्रक ठोक्किँदा बाबु-छोरीको मृत्यु

झापा -  झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी-साधन एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरीकाे मृत्यु भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय…