नर्भिकमा ‘बड चियारी सिन्ड्रोम’को सफल उपचार

काठमाण्डु - नर्भिक इन्टरनेश्नल अस्पतालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ। नर्भिक अस्पतालका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दिप तिम्सिनामा बड चियारी सिन्ड्रोमको सफल उपचार गरेको हो। तिम्सिनालाई एक वर्षअघि पोर्चुगलमा काम गरिरहेका बेला उक्त रोग पहिचान भएको थियो । यसअघि, भारतको नारायण अस्पताल…