सिकलसेल रोगको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने

काठमाण्डु – सरकारले सिकलसेल उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको रोगको उपचारका लागि छुट्टै वार्डको स्थापना गरिने निर्णय गरेका हुन् । मन्त्रिस्तरीय निर्णय गरेअनुसार भेरी अस्पतालमा ‘हेमोग्लोविनोप्याथी’ वार्ड स्थापना हुने भएको छ । थारु बहुल…