डेङ्गुको सङ्क्रमण बढ्दो: यी हुन् लक्षण र बच्ने उपाय

काठमाण्डु- काठमाण्डु उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको हाे । विशेष गरी जनघनत्व बढी भएका काठमाण्डु उपत्यका, पोखराजस्ता सहरमा डेङ्गुज्वरोका बिरामी बढिरहेका छन् । डेङ्गुका बिरामीको संख्या बढ्न थालेसँगै उपत्यकाका अस्पतालमा बिरामीले शय्या भरिन थालेका हुन् ।  त्रिवि शिक्षण…