काठमाण्डु – नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ । आइतबारबाट महाराजगञ्जस्थित टिचिङ अस्पतालमा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट सुरु गरिएको हो । अस्पतालका डा. सन्तकुमार दासले विराटनगरका एक जना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गरिएको र उनको स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिए । डा. दासका अनुसार गत साउन १० गते संक्रमित पुरूष…