काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसंख्या बढिरहेकाले स्वास्थ्यकर्मी पनि बढाउनुपर्नेमा अभाव हुने देखिएको संकेत गरेका छन् । सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले अबको ५ वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताए । नेपालको शिक्षा नीतिमा भएको कमजोरी सुधारेर अघि बढ्न आवश्यक रहेको बताउँदै…