काठमाण्डु - अभिनेत्री करिश्मा मानन्धरले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । अभिनेत्री मानन्धरले भेटघाटको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै विविध विषयमा छलफल भएको जानकारी दिएकी हुन् । ‘विविध विषयमा उहाँको विचार सुन्दा आनन्द आयो । सबै क्षेत्रका मानिसलाई उत्तिकै महत्वपूर्ण रूपमा हेर्नु भएको र हाम्रो कुरा सुनिदिनु भएकोमा…