काठमाण्डु– तनहुँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन् । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत उनले प्रोत्साहन स्वरुप १ लाख ५० हजार पुरस्कार प्राप्त गरेका हुन् । यातायात व्यवसाय छाडेर ५ वर्ष अघिदेखि व्यावसायिक रूपमा गाईपालन तथा बाख्रापालन गरेका उनका फार्ममा हाल उन्नत प्रजातिका २२ वटा जर्सी तथा होलस्टेन…