प्राधिकरणले दियो मंसिर १२ गतेसम्म बक्यौता तिर्ने समय, नतिरे फेरि लाइन काट्ने चेतावनी (सूचनासहित)

काठमाण्डु-डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूले बक्यौता महसुल १५ दिनभित्र तिर्न नेपाल विद्युत् प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले १५ दिन अर्थात् मंसिर १२ गते सम्म बक्यौता महसुल नबुझाए फेरि बिजुलीको लाइन काट्ने चेतावनी पनि दिएको छ । गोरखापत्रमा बिहीवार सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने…