काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १७ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५९ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउले नयाँ किर्तीमान कायम गरेको थियो ।…