कर फर्छ्यौट प्रकरणमा विशेष अदालतले ‘छनोटको आधार’ खोज्दै, क-कसको झिकायो थप फाइल

विशेष अदालतले बहुचर्चित कर फर्छ्यौट प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रक्रियामै प्रश्न उठाउँदै मुद्दा नचलाइएका केही करदाताका फाइल अध्ययन गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले नेपाल सरकारविरूद्ध चुडामणि शर्मा तथा अन्य प्रतिवादी रहेको भ्रष्टाचार (राजस्व चुहावट) मुद्दाको सुनुवाइका क्रममा ६ संस्था तथा कम्पनीका फाइल…