काठमाण्डु- स्टक ब्रोकर्स एशोसिएसन र धितोपत्र ब्रोकर्स एशोसिएन एकआपसमा एकीकृत हुन सहमत भएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा स्टक ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष सागर ढकालले सम्झौतामा हस्ताक्षर गरे । दुवै संस्था एकीकृत भएसँगै स्टक ब्रोकर्स एशोसिएसनका नामबाट सञ्चालमा हुनेछ । शेयर बजारमा देखिएको विकृति र विसङ्गतिलाई हटाउँदै…