काठमाण्डु – हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उपासना पौडेलको बढुवा भएको छ । पौडेल हाल हिमालयन रि–इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत छिन् । कम्पनी सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्र शेखरको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । पौडेल यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनीको सीईओ भइसकेकी…