काठमाण्डु – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६औं वार्षिकोत्सव समारोह अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । कार्यक्रम कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट शनिबार सम्पन्न भएको हो । कार्यक्रममा अर्थमन्त्री पौडेलले राष्ट्रिय वाणिज्य बैंक प्रति आम नागरिकको भरोसा, विश्वास रहेको बताए । उनले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ्ग सेवाले आम नागरिकमा लाभ…