काठमाण्डु - सरकारले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् । यस्तै सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाएको छ ।