ज्योति विकास बैंकको १३औं वार्षिकोत्सव सम्पन्न

काठमाण्डु – ज्योति विकास बैंक लिमिटेडको १३औं वार्षिकोत्सव सम्पन्न भएको छ । कोभिड महामारीको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमल पोखरीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा शेयर धन ध्रुव उप्रेती र संस्थापक…