काठमाडौं – एनसेल प्रालिले मंगलबार (आज) देखि लागू हुने गरी ‘ट्राभलर्स सिम’ योजना ल्याएको छ । यस अन्तर्गत, नेपाल भ्रमणमा आउने विदेशी पाहुनाले मात्र ११० रुपैयाँ (कर सहित) मा सजिलै ट्राभलर्स सिमको स्टार्टर प्याक खरिद गर्न सक्नेछन् । यसका साथै पर्यटकले आफ्नो आवश्यकता तथा नेपालमा रहने अवधि अनुसार विभिन्न भोल्युमका कम्बो प्याकहरुबाट फाइदा लिन सक्नेछन्…