अनुगमनमा अबराेध गर्ने कालीमाटी तरकारी बजारका अध्यक्षसहित दुइ पक्राउ

काठमाडाैं– कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई अवरोध गर्ने र कोठाभित्र थुन्ने दुई व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार बिहान कालीमाटी तरकारी तथा फलफूल बजारको अनुगमनमा पुगेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको टोलीलाई व्यवसायीले कोठामा थुनेर धर्ना दिएका थिए। पक्राउ पर्नेमा कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा…