कर दिवसको अवसरमा भरतपुरमा प्रभातफेरी

चितवन - आन्तरिक राजश्व कार्यालय भरतपुरले सातौँ राष्ट्रिय कर दिवसको अवसरमा शनिबार प्रभातफेरी निकालेको छ । उद्योग वाणिज्य सङ्घको कार्यालय नारायणगढदेखि शुरु भएको प्रभातफेरी पुलचोक, शहीदचोक, लायन्सचोक, चौबिसकोठी हुँदै कर कार्यालय परिसरमा सभामा परिणत भएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, उद्योग वाणिज्य सङ्घका अध्यक्ष सहनलाल प्रधान, उद्योग वाणिज्य सङ्घ रत्ननगरका उपाध्यक्ष…