एक लाख १ हजार घरको पुनर्निर्माण सकियो, दोस्रो किस्ताका लागि तीन लाखको निवेदन

काठमाडौं– निजी घर निर्माण सुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने भूकम्प पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ। बिहीबार अपरान्ह प्राधिकरणको सूचना संयन्त्रमा प्रविष्ट तथ्यांकअनुसार ३ लाख १ हजार ८४ भूकम्प पीडितले दोस्रो किस्ता पाउन निवदेन दिएका हुन्। पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार जग तहसम्म निर्माण कार्य गरी दोस्रो किस्ताका लागि निवदेन दिन सक्छन्…