काठमाडौं– प्रदेश नं ३ को राजधानी हेटौंडालाई ९० किलोमिटर दूरीमा जोड्ने कान्ति लोकपथ स्तरोन्नतीको काम समयमा पुरा नहुने भएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानका चार किलोमिटर क्षेत्रमा रहेको कडा चट्टान फुटाउन नसक्दा आयोजनाको काममा ढिलाई भएको हो । दुई वर्ष अघि नै पाँच टन विष्फोटक पदार्थका लागि स्विकृती पाए पनि नेपाली सेनाले अझै उपलब्ध नगराएका…