डीडीसीमा दैनिक ६० हजारको दही चोरी, रकम हिनामिना गर्नेलाई कारबाही

काठमाडौं - सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला। तर यो सत्य हो। डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजारभन्दा बढी मूल्यबराबरको दही चोरी हुने गरेको छ, त्यो पनि कर्मचारीबाटै। डीडीसी स्रोतका अनुसार लैनचौरस्थित दुग्ध पदार्थ बिक्रीवितरण आयोजना, बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजनासहित विराटनगर, हेटौडा, जनकपुर, बुटबल, नेपालगन्ज…